Dcnepal
DC Nepal, Latest breaking news and updates on latest top stories
- Website
- dcnepal.com · all feeds from this site
- Feed URL
https://www.dcnepal.com/feed/
Read it in your FeedListing reader
Or add to: Feedly Inoreader Raw feed
Latest posts
-
बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत प्रस्ताव
काभ्रेपलाञ्चोक। बिपी राजमार्ग चौडा पारिने भएको छ। सदरमुकाम धुलिखेलदेखि नमोबुद्धको दाप्चा १ नं पुलसम्मको सडक थप चौडा पारिने भएको हो। सडक चौडा पार्दा १० मिटरसम्मको मुख्य कालोपत्रे बन्ने सडक डिभिजन कार्यालय, भक्तपुरले जनाएको छ। सडक चौडा पार्न तीन अर्ब ७९ करोड ७८ लाख ५५ हजार ५००…
-
पाटेबाघ मृत भेटियो
कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीमा पाटेबाघ मृत फेला परेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार दोधाराचाँदनी नगरपालिका-२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा आज पाटेबाघ मृत भेटिएको हो। ‘जंगलभित्र पाटेबाघ मृत भेटिएकोे छ, निकुञ्ज…
-
मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु
राँझा । सडक दुर्घटनामा परि बाबु–छोराको निधन भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका-५ स्थित चिलहरिया गाउँ शोकमग्न भएको छ। बर्दियाको गुलरियामा आफन्त भेट्न जाँदै गरेका ३४ वर्षीय हुकुमबहादुर खत्री र उनका ६६ वर्षीय बुवा दलबहादुर खत्री सवार मोटरसाइकल गुलरिया–११ लालपुरमा मिनिफोर्स…
-
काभ्रेको रिसोर्टबाट ३६ चिनियाँ नागरिक नियन्त्रणमा
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रिसोर्टमा विदेशी नागरिकको शंकास्पद गतिविधि भइरहेको भन्दै स्थानीयबाट जनगुनासो आएपछि प्रशासन र प्रहरीले संयुक्त रूपमा चेकजाँच गरेको हो।…
-
मधेसको सत्ता राजनीतिमा नयाँ समीकरणको खोजी, जसपा नेतृत्वमा सरकार बनाउने कसरत
धनुषा। मिथिला क्षेत्रको मुख्य चाड छठ पर्वको समापनसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूको सक्रियता बढेको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि दलहरूबीच सत्ता समीकरण, नेतृत्व र मन्त्रालय बाँडफाँटबारे छलफल तीव्र तुल्याइएको…
-
‘मोहनी’को छायाङ्कन चितवनबाट सुरु
काठमाडौं। एक्सन लभ स्टोरी विधामा निर्माण हुने फिल्म ‘मोहनी’को छायाङ्कन आजदेखि चितवनबाट सुरु भएको छ। विजय ब्लोन तामाङको निर्माण तथा गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्न लागेको यो फिल्म एक्सन र प्रेमकथामा आधारित हुनेछ। मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको…
-
जलवायुजन्य नोक्सानी र क्षतिको वित्तपोषण अनुदानमा आधारित हुनुपर्छ : मन्त्री चौधरी
काठमाडौं । नेपालले जलवायु परिवर्तनका कारण हुने नोक्सानी र क्षतिको वित्तपोषण समयमै, पर्याप्त, अनुमानयोग्य, सहज पहुँचयोग्य तथा अनुदानमा आधारित हुनुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) द्वारा कोप–३१ अन्तर्गत आज यहाँ आयोजित नोक्सानी र क्षतिसम्बन्धी…
-
स्थानीय निर्वाचनको तयारीमा होमियो एमाले, भोलिदेखि सुरु हुने राष्ट्रिय भेलामा ३४ सय प्रतिनिधि सहभागी हुने
काठमाडौं। नेकपा एमालेले बुधबार (मंसिर २) बाट सुरु हुने दुई दिने राष्ट्रिय भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र सङ्गठन परिचालनमा केन्द्रित गर्ने भएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाको एजेन्डा अनुमोदन…
-
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर ५ पछि बस्ने, जिल्ला र प्रदेश अधिवेशनको मिति तोकिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर ५ गतेपछि मात्र बस्ने भएको छ। पार्टीका महामन्त्री प्रदीप पौडेलले १५ औँ महाधिवेशन सम्पन्न भएपछिको पहिलो केन्द्रीय कार्यसमिति बैठक मंसिर ५ गतेपछिका लागि आह्वान गरिने जानकारी दिएका छन्। महामन्त्री पौडेलका अनुसार…
-
लुम्बिनीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत पहिलो क्वालिफायर खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेलमा साविक विजेता लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम रोयल्सले ब्याटिङको निम्टो पाएको छ। महत्वपूर्ण…
-
नेपाल पत्रकार महासंघद्वारा चरणबद्ध आन्दोलन घोषणा
काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको र पत्रकारहरूको श्रम अधिकार उल्लंघन भएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। मगंलबार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा समाचार कक्षमै…
-
मेची नदीको पानी बोकेर महाकाली पुग्ने लक्ष्यसहित सांसद सिंहको पदयात्रा झापाबाट सुरू
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा झापाको भद्रपुरस्थित मेची पुलबाट अघि बढाएका छन् । मेची नदीको पानी बोकेर मंगलबार पदयात्रामा निस्किएका सिंहले आगामी माघ १ गते महाकाली नदीको पानीमा मेचीको पानी मिसाउने लक्ष्य राखेको…
-
कर प्रशासन डिजिटल बनाउनेदेखि कर विवाद समाधानसम्म सरकारको जोड : अर्थमन्त्री वाग्ले
काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले कर प्रशासनलाई प्रविधिमैत्री, सरल, सहज र पारदर्शी बनाउने बताएका छन्। राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले कर प्रशासनको डिजिटल रूपान्तरण, कर अनुपालना अभिवृद्धि तथा कर विवाद समाधान र कर न्यायलाई सरकारले…
-
सिन्धुलीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते
काभ्रे । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। मंगलबार दिउँसो जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अन्धेरी खोलाको बगरमा खसेको प्रहरीले…
-
सर्लाहीमा कार र अटो ठोक्किँदा ६ जना घाइते, दुई गम्भीर घाइते काठमाडौं रिफर
काठमाडौं । सर्लाहीको शीतलपुरस्थित सडकखण्डमा कार र अटो एकआपसमा ठोक्किएर भएको दुर्घटनामा अटो चालकसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका दुई जनालाई काठमाडौं रिफर गरिएको छ। पर्सा गाउँपालिका–१ अन्तर्गत पर्ने उक्त सडकखण्डमा मंगलबार बिहान महोत्तरीको सम्सीबाट शीतलपुरतर्फ…
-
ओलीको कार्यकर्तालाई निर्देशन- जुनसुकै बेला आन्दोलनमा उत्रिन तयार रहनू
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको तत्कालीन राजनीतिक परिस्थिति र आवश्यकतालाई ध्यानमा राख्दै जुनसुकै बेला सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताएका छन्। अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीपंक्तिलाई मानसिक र…
-
भारतबाट ३५० मेगावाट विद्युत् आयात र ५६ मेगावाट निर्यात गर्न नेपाललाई अनुमति
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयामको माग व्यवस्थापनका लागि भारतबाट ३ सय ५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएको छ। भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे–अहेड तथा रियल टाइम मार्केटबाट…
-
कर प्रशासनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने संकल्पसहित साताव्यापी कार्यक्रम सुरु
काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता शिक्षा, डिजिटल कर सेवा प्रवर्द्धन तथा कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आजदेखि साताव्यापी कार्यक्रम शुरू गरेको छ। दिवसका अवसरमा आज आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रममा विभिन्न…
-
बालविवाहविरुद्धको कानुनमा नीतिगत सुधार गर्नुपर्नेमा जोड, पुनःपरिभाषित गर्न आग्रह
काठमाडौं। मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकमा बालविवाहलाई पुनःपरिभाषित गर्न सुझाव दिइएको छ। संविधानको मर्मअनुरूप कानुन निर्माण गर्न विवाहको उमेरसम्बन्धी व्यवस्था स्पष्ट बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। महिला, कानुन र विकास मञ्च…
-
इरानको दाबी: होर्मुज स्ट्रेटमा चौथो तेल ट्याङ्करलाई निशाना बनाइयो
काठमाडौं । इरानको रिभोल्युसनरी गार्ड्सले सोमबार राति दाबी गरेको छ – उसले गत २४ घण्टामा चौथो तेल ट्याङ्करलाई निशाना बनाएको छ। बीबीसी फारसीका अनुसार, बेलायतको म्यारीटाइम ट्रेड अपरेसन सेन्टर (यूकेएमटीओ) ले जनाएको छ कि उसले ओमानको खासबबाट सात समुद्री माइल उत्तरमा भएको यो घटनाको…