notebazar
Note Bazar
- Website
- notebazar.com · all feeds from this site
- Feed URL
http://notebazar.com/feed
Read it in your FeedListing reader
Or add to: Feedly Inoreader Raw feed
Latest posts
-
सोल्टी होटलले बोलायो साधारण सभा, लाभांश पारित गर्ने
काठमाडौँ । सोल्टी होटलले लाभांश घोषणा सहित साधारण सभा बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गर्न सभा बोलाएको हो । होटलले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १६.८४२१ प्रतिशतका दरले नगद…
-
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीकाो मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले र चाँदी ३५ रुपैयाँले बढेको हो । मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ४७…
-
दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग
महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि पाँच करोड रुपैयाँ बजेट माग गरिएको छ । गत असोज १४ गते महाकाली नदीमा आएको बाढीले पुलको एउटा स्तम्भ भत्काएपछि आवागमन पूर्ण रुपमा बन्द छ । यहाँको भीमदत्त नगरपालिका र दोधारा चाँदनी…
-
गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा बृहत् रक्तदान कार्यक्रम सहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ । प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान तथा विभिन्न सामाजिक…
-
अपि पावरको सेयर मूल्य समायोजन
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावरको सेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य…
-
युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौँ । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली मंसिर ९ गतेदेखि मंसिर २३ गतेसम्म बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले…
-
बढी आयकर दाखिला गर्ने चार करदाता सम्मानित
झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले बढी आयकर दाखिला गर्ने चार करदातालाई सम्मान गरेको छ । सप्ताहव्यापी ‘राष्ट्रिय कर दिवस, २०८३’ को समापन समारोहका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनीहरूलाई फूलमाला तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मानित हुनेमा झापाबाट एनएसबी ट्रेड…
-
भूकम्पको धक्का महसुस
काठमाडौँ। भारत सिक्किमको मंगन जिल्ला आसपास आज बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) अनुसार नेपाली समय अनुसार आज बिहान पौने सात बजेतिर भूकम्प गएको हो । भूकम्पको धक्का नेपालको कोशी प्रदेशका केही जिल्लामा पनि महसुस भएको छ । भूकम्पले क्षति…
-
आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने
काठमाडौँ। हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज ९मंगलबार० देशभर मौसम मूख्यतया सफा रहनेछ । यस्तै आज राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य क्षेत्रमा मौसम मूख्यतया…
-
शुक्लागण्डकीबाटै स्थायी लेखा नम्बर र करसम्बन्धी सेवा
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान) सम्बन्धी सेवा सुरु गरेको छ । नगरपालिकाबाटै प्यान नम्बर तथा कर चुक्ता प्रमाणपत्रलगायतका सेवा उपलब्ध हुन थालेपछि करसम्बन्धी कामका लागि उद्योगी, व्यवसायी तथा करदातालाई दमौली पुग्नुपर्ने बाध्यता हटेको छ ।…
-
बाह्य अर्थतन्त्र बलियो, आन्तरिक भुक्तानी क्षमता कमजोर : कालोसूचीमा पर्ने ऋणीको संख्या ४० हजारले बढ्यो
काठमाडौँ । मुलुकको बाह्य अर्थतन्त्रका सूचकमा सुधार देखिए पनि त्यसको प्रभाव आन्तरिक अर्थतन्त्रमा देखिन सकेको छैन । विदेशी विनिमय सञ्चिति बढेको छ, चालु खाता र शोधनान्तर स्थिति बचतमा छन् भने बैंकिङ प्रणालीमा पर्याप्त तरलता र घट्दो ब्याजदर छ । तर, व्यवसायीको आम्दानी र ऋण तिर्ने…
-
झापामा १२ अर्बको पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल बन्दै
झापा । नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन ‘सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल परियोजना’ को आज संयुक्त रूपमा शिलान्यास गरिएको छ । भारतको राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीबाट भर्चुअल…
-
मंगलबार कति तोकियो विदेशी मुद्राको विनिमयदर ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४८…
-
चार दिनमै १५ हजारभन्दा बढीले सस्तियो सुनको भाउ
काठमाडौँ । सुनको भाउ चार दिनमा नै १५ हजार बढीले घटेको छ । तिहारपछिको पहिलो कारोबार दिन शुक्रबार एकैदिन तोलामा १२ हजार ६०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार १ हजार ५०० रुपैयाँले र सोमबार १ हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन…
-
४ प्रतिशतभन्दा तल झर्यो वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर
काठमाडौँ । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि देशका निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिकको तुलनामा मंसिर महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर घटेर ४ प्रतिशतविन्दुभन्दा तल अर्थात् ३.९०६ प्रतिशतमा झरेको छ । कात्तिक महिनामा व्यक्तिगत…
-
नवलपुरमा सवारीसाधन दुर्घटना हुँदा २५ जना घाइते
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सु।प्र।०१–००१ ख ३४७५ नम्बरको यात्रुबाहक बस आज बिहान जिल्लाको कावासोती–११ लोकाहामा दुर्घटनामा परेको प्रहरीले…
-
पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ
तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ । चाडपर्वको बिदा र पर्यटकीय यामका कारण बन्दीपुरमा पर्यटकको आगमन बढेको हो । पर्यटकको चाप बढेसँगै यहाँका होटल तथा घरबास भरिभराउ भएका छन् । पर्यटकको आगमन बढेपछि बन्दीपुर बजारमा चहलपहल निकै…
-
नाइजरबाट हजारौँ अरब घुमन्तेलाई देश छाड्न आदेश
काठमाडौँ । दक्षिणपूर्वी नाइजरमा दशकौँदेखि बसोबास गर्दै आएका महामिद जनजातिका हजारौँ अरब घुमन्तेलाई यस वर्षको अन्त्यसम्ममा देश छाड्न आदेश दिइएको छ । स्थानीय अधिकारीहरूले आइतबार यो जानकारी दिएका हुन् । नाइजरको सैन्य सरकारले महामिद समुदायका केही सदस्यले यस क्षेत्रमा सक्रिय जिहादी…
-
कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले मंसिर १० गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौँ । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी…
-
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न
महोत्तरी । उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व आज सम्पन्न भएको छ । गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातपूर्वदेखि निराहार व्रत गरेका बर्तालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । महोत्तरीसहितका तराई मधेशमा सूर्योदय…